१७ असार २०८१, सोमबार

राष्ट्रपति भण्डारीबाट चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण


bidya-devi-bhandari

कार्तिक २४, काठमाडौँ | चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन् । डा गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएको थियो। लामो समय राष्ट्रपति कार्यालयमा अध्यादेश अड्किएपछि डा गोविन्द केसीले अनसन बस्ने चेतावनी दिएका थिए ।
मन्त्रिपरिषद्ले कात्तिक ६ गते पारित गरेको अध्यादेश सोही दिन राष्ट्रपति कार्यालयमा पठाइए पनि राष्ट्रपतिबाट शुक्रबार मात्र प्रमाणीकरण भएको हो। डा गोविन्द केसी सहितको टोलीले चिकित्सा शिक्षा अध्यादेश पारित नभएको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो।
मन्त्रिपरिषदबाट पारित विधेयक प्रमाणीकरण वा फिर्ता सम्बन्धनमा कुनै पनि जानकारी प्राप्त नभएपछि डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा तोषिमा कार्की, डा अभिशेकराज सिंह र कलाकार रविन्द्रसिंह बानियाँले राष्ट्रपति कार्यालयमा सूचनाको निवेदन दर्ता गराएका थिए। यस्तै, बिहीबार डा केसीको टोलीले बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चिकित्सा शिक्षा अध्यादेश राष्ट्रतपिबाट प्रमाणीकरण नभएको विषयमा छलफल गरेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !