६ जेष्ठ २०८१, आइतबार

नेपाल र बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना


bahamas-nepal-flag

कार्तिक २२ | क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालले विश्वका एकसय ५३ देशसँग सम्बन्ध विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्वसंस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गर्नुभयो ।
न्यूयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसार आज उक्त नियोगमा आयोजित एक कार्यक्रममा दुवै मुलुकका राजदूतले समझदारीपत्रमा हस्ताक्षर गरी उहाँहरुले त्यससम्बन्धी जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दिनुभयो ।
समझदारीपत्रमा हस्ताक्षर गरेपछि दुवै राजदूतले पारस्परिक सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र पर्यटन प्रवद्र्धनबारे छलफल गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !