७ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा : यातायात सेवा प्रभावकारी बनाउन आग्रह


राष्ट्रियसभा sf7df8f}F, @& h]7 -/f;;_M ;+3L; ;+;b ejg afg]Zj/df ;f]daf/ a;]sf] /fli6«o;ef a}7sdf ;xefuL cy{dGqL 8f o”j/fh vltj8f . cfhsf] a}7sdf @)&^÷)&&sf] ah]6dfly 5nkmn x”g] sfo{;”rL 5 . t:jL/ M gjLg kf}8]n

काठमाडौँ, १८ असार । राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बन्दाबन्दी खुकुलो भए पनि अझै यातायात सेवालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता उहाँहरुले औंल्याउनुभयो ।

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदया शर्मा पौडेलले कोरोना रोग नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो । उहाँले यातायात क्षेत्रमा पासकै कारण भएको झण्झट समाधान गर्नसमेत आग्रह गर्नुभयो । राम्ररी यातायात नचल्दा सर्वसाधारणमाथि जोखिम बढिरहेको र मजदूरको रोजीरोटी गुम्ने खतरा आएको उहाँले बताउनुभयो । बन्दाबन्दीले शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको अवस्थामा एउटा निकास दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

नेकपाकै ठगेन्द्रप्रकाश पुरीले बन्दाबन्दीका कारण सर्वाेच्च र मातहतका अदालतबाट सीमित सेवा प्रवाह भइरहेकाले फिरादपत्र दिन पाउनेलगायत आवश्यक सेवा सञ्चालन गर्न माग गर्नुभयो । सोही पार्टीका पर्शुराम मेघी गुरुङले वर्तमान समयमा प्रमुख चुनौतीका रुपमा रहेको भ्रष्टाचार नियन्त्रण नगरे मुलुकको प्रगति र उन्नति सम्भव नहुने जिकिर गर्नुभयो । उहाँले कानूनी शासन नै आधुनिक लोकतन्त्र भएकाले सदाचारयुक्त कानून निर्माण गर्ने प्रमुख दायित्व विधायकको हो भन्नुभयो ।

नेकपाकै सुमनराज प्याकुरेलले नेकपाका कार्यकर्तामाथि शृङ्खलाबद्ध आक्रमण भइरहेको र त्यसविरुद्ध उजुरी गर्दा प्रहरीमा जाहेरी नलिने अवस्था सिर्जना भएको छ भन्दै सदनमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

बलात्कार र विभेद अन्त्य गर्न माग
नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले जातीय छुवाछूतको अन्त्य गर्ने कुरा संविधानको मौलिक हकमा स्पष्ट व्यवस्था रहे पनि दलितको अधिकार सुनिश्चित हुन नसकेको तर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले बलात्कारका घटना बढ्दो क्रममा रहेको र त्यसमा पनि दलित बढी पीडित बनेको उल्लेख गर्नुभयो ।

“दुई वर्षमा चार हजार ९४० महिलाविरुद्धका घटना भएका छन्, त्यसमा तीन हजार ५०० भन्दा बढी जबर्जस्ती करणीका घटना भए, २६ वटा घटना बलात्कारपछि हत्या भएको र त्यसमा ३५ प्रतिशत दलित परेका छन्”, सांसद देवले भन्नुभयो, “यस्तो कारुणिक र क्रुर किसिमको आक्रमण दलितमाथि भएको छ, यसप्रति गम्भीर हुनुपर्छ ।”

उहाँले दलितलाई आर्थिक रुपले मजबुत बनाउन तथा गरीब परिवारको आर्थिक अवस्था सुधार गर्नका लागि कार्यक्रम ल्याउनसमेत माग गर्नुभयो । जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले मधेशी तथा दलित समुदायमा शोषण हुनेक्रम नरोकिएकामा चिन्ता प्रकट गर्नुभयो । सोही पार्टीका प्रमिला कुमारीले सत्याग्रहमा बसेको व्यक्तिको मागलाई सम्बोधन गरी तिनको जीवनको रक्षा गर्न आग्रह गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !