८ बैशाख २०८१, शनिबार

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध


पहिरो

बैतडी, १५ असार । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो ।

सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ । पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ । सडक खुलाउन केही समय लाग्ने भएकोले बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा राजमार्ग सञ्चालन हुने सवारीसाधन बन्द रहेका छन् भने यात्रुहरु अलपत्र परेका छन् । पनेबाँजमा केहीवर्षदेखि वर्षाको समयमा पहिराले सडक अवरुद्ध हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !