६ आश्विन २०८१, आइतबार

रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित


मस्को, १५ जेठ । रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन् ।

रसियाली राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै उक्त दुबै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ ।

यी बैठकहरु सेन्टपिटर्सबर्गमा आगामी जुलाई २१ देखि २३ सम्म आयोजना हुने गरी तय भएका थिए ।

क्रेमलिनका अनुसार सहभागी मुलुक तथा विश्वव्यापी कोरोनाभाइरसको अवस्था पुनर्मूल्याँकन गरी नयाँ मिति घोषणा गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !