८ बैशाख २०८१, शनिबार

दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा प्रतिबन्ध


South Korea's new President Moon Jae-In speaks during a press conference at the presidential Blue House in Seoul

सिओेल, १३ जेठ । दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ ।

कोरियाको जनस्वास्थ्य निकायले मङ्गलबार दिएको जानकारी अनुसार ‘कार्सिनोजिन’ को मात्रा रहेको र यसको प्रयोगले क्यान्सरको जोखिम रहने अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा विक्रीलाई प्रतिबन्धित गरिएको हो ।

ती सबै मेटफर्मिनमा–आधारित औषधि हुन् । यी सबै टाइप–२ को विरामी अर्थात वयस्क विरामीहरूका लागि सिफारिस हुने औषधि हुन् ।

कोरियाली खाद्यय तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिहरूमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए नभएको परीक्षण भइरहेको बताएको छ ।

“परीक्षण भएकामध्ये ३१ औषधिमा एन–नाइट्रोसोडियमथाइलामाइनको मात्रा अनुमति दिइएकोभन्दा बढी भएको पाइएको छ,” मन्त्रालयले भनेको छ ।

औषधीजन्य उक्त पदार्थको मात्रा निकै थोरै भएकोले यसका कारण विगतमा औषधि सेवन गर्ने विरामीको स्वास्थ्यमा भने समस्या नहुने बताइएको छ ।

प्रतिबन्धित गरिएका यी औषधिको सेवन गर्ने विरामीको सङ्ख्या हाल कोरियामा दुई लाख ६० हजार रहेको उल्लेख गरिएको छ ।

जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्ुलेस–एम र ग्लाइमफोल चक्कीहरूजस्ता प्रतिबन्धित औषधिहरूमा ‘कार्सिनोजिन’को मात्रा बढी भेटिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !