२ मंसिर २०८१, आइतबार

कोरोनावाट बच्न गुलियो कम खानुहोस् : डब्लुएचओ


डब्लुएचओ

एजेन्सी, जेठ ५ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणवाट बच्न गुलियो खानेकुराहरु खान कम गर्न आग्रह गरेको छ । डब्लुएचओको आधिकारिक सामाजिक संजाल फेसबुक पेज मार्फत आज एक पोष्ट सेयर गर्दै विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट बच्न र स्वास्थ्य रहन चिनीको उपयोग कम गर्न भनेको छ । साथै गुलियो पदार्थहरु कम खान र चिनी हालेको पेय पदार्थहरु कम पिउन आग्रह गरेको छ ।

विश्वभर कोरोना भाइरसका कारण ३ लाख १६ हजार ७ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख ५ हजार नाघेको छ । ओल्ड़ोमिटर्सका अनुसार नेपाली समयानुसार आज सोमवार दिउसो १२:३५ सम्ममा विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख ५ हजार ५ सय ५४ पुगेको छ । संक्रमणबाट ३ लाख १६ हजार ७ सय ५३ जनाको मृत्यु भई सकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !