१० पुस २०८१, बुधबार

कोरोना अपडेटः युरोप र अमेरिकामा १ लाख ५२ हजारभन्दा बढीको मृत्यु


अमेरिकामा कोरोनावाट मृत्यु

जेनेभा, १० वैशाख । विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बुधबारबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा ४५ हजार ३४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ७ हजार ९२० जना पुगेको छ । याे समेत विश्वभर काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या १ लाख ७७ हजार ६८८ पुगेकाे छ भने कूल संक्रमितकाे व्यक्तिकाे संख्या २५ लाख ५७ हजारभन्दा माथि पुगेकाे छ ।

विश्व स्वास्थ्य संगठन समेतका संस्था एवं विज्ञहरुले महामारी नियन्त्रणका लागि लकडाउन नै उपयुक्त विधि रहेको निश्कर्षमा पुगे पनि संयुक्तराज्य अमेरिका र युरोपका केही मुलुकमा मानिसहरु लकडाउन खोल्नु पर्ने भन्दै विरोध प्रदर्शनमा पनि उत्रिएका छन् ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २४ हजार ६४८ जना, स्पेनमा २१ हजार २८२ जना, फ्रान्समा २० हजार ७९६, बेलायतमा १७ हजार ३३७ जना, बेल्जियममा ५ हजार ९९८ जना, जर्मनीमा ५ हजार ८६ जना, नेदरल्यान्ड्समा ३ हजार ९१६ जना, स्वीडेनमा १ हजार ७६५ जना, स्वीट्जरल्यान्डमा १ हजार ४७८ जनाको मृत्यु भएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनामहामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु

विश्वभर २५,५७,९९४ ६,९५,३५५ १,७७,६८८

१. युरोप ११,४०,१८१ ३,४९,०८१ १,०७,९२०
२. उत्तर अमेरिका ८,८१,२३७ १००,४९२ ४८,६१३
३. एसिया ४,१०,६६६ १,९२,५५२ १५,५१९
४. दक्षिण अमेरिका ९१,५६५ ३९,७८० ४,३३६
५. अफ्रिका २५,४२६ ६,७८० १,१९७
६. ओसेनिया(अस्ट्रेलिया) ८,१९८ ६,०१६ ८८

दक्षिण एसियाली मुलुकहरु
१. भारत २०,१७८ ३,९७६ ६४५
२. पाकिस्तान ९,७४९ २,१५६ २०९
३. बंगलादेश ३,३८२ ८७ ११०
४. अफगानिस्तान १,०९२ १५० ३६
५. श्रीलंका ३१० १०२ ७
६. माल्दिभ्स ८६ १६ –
७. नेपाल ४२ ५ –
८. भूटान ६ २ –


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !