७ मंसिर २०८१, शुक्रबार

तिहाड जेलबाट ३५६ कैदीहरु अन्तरिम जमानीमा रिहा


Jail1

नयाँदिल्ली, १६ चैत । भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ ।

भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको सुनुवाईका क्रममा रहेका सबै कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश एसए बोब्डेको तीन सदस्यीय इजलासले सबै प्रदेशमा एउटा उच्चस्तरीय समिति गठन गरी तत्काल छाड्न सकिने कैदीहरुको नामावली तयार गर्न आदेश दिएको थियो । उक्त समितिमा कानुन सचिव र राज्यको कानुन सेवाका अध्यक्षलाई समावेश गर्न भनिएको थियो । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !