![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Virus-Impact-Doctors-Nurses.png?fit=769%2C468&ssl=1)
जेनेभा, ६ चैत । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार ६११ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ ।