एजेन्सी, २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लागेका पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज़ मुशर्रफ़लाई मृत्युदण्डको फैसला सुनाइएको छ । लाहौर हाइकोर्टले देशद्रोहको मुद्धामा दोषी ठहर गरेको हो । हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन् ।
बीबीसीकाअनुसार उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
उक्त मुद्दा सन् २०१३ देखि विचाराधीन रहेको थियो ।