नयाँ दिल्ली, २७ भदौ । भारतको मध्य भागमा पर्ने राज्य मध्यप्रदेशमा भएको डुङ्गा दुर्घटनामा परी १२ व्यक्तिको मृत्यु भएको छ ।
भारतको उक्त राज्यका स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार उक्त जानकारी दिएका हुन् ।
मध्यप्रदेशको भोपालस्थित खाटलापुरा घाटमा भगवान गणेशको मूर्तिहरूको विसर्जन गर्ने एक धार्मिक कार्यक्रममा सहभागी भक्तालुहरु सवार रहेको उक्त डुङ्गा दुर्घटनामा परेको बताइएको थियो ।
प्रहरीका अनुसार यस डुङ्गामा सवार पाँच व्यक्तिको सकुशल उद्धार गरिएको छ । यस दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । (रासस/सिन्ह्वा)