४ मंसिर २०८१, मंगलबार

उत्तर कोरियालीमाथि व्यापक कडाइ


North Korea Flag

९ भदौं, काठमाडौँ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपाल अग्रसर देखिएको छ । यससँगै उत्तर कोरियाली नागरिक आफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी प्योङयाङ फर्किन थालेका छन् ।

राष्ट्रसंघ मुख्यालयले डेढ महिनाअघि नाकाबन्दी पूर्णरूपले कार्यान्वयन गर्न सदस्यराष्ट्रलाई पत्राचार गरेको थियो। त्यसपछि नेपाल उत्तर कोरियाली लगानी बन्द गर्न र उनीहरूलाई फर्काउन दबाबमा परेको हो । सरकारले उनीहरूका गतिविधिमा कडाइ गरेको छ ।

‘उत्तर कोरियालीका गतिविधि सूक्ष्म ढंगले निगरानी भइरहेको छ’, गृह मन्त्रालयका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘पछिल्लो समय उनीहरूको भिसासमेत नियमित भएको छैन । नेपालमा व्यवसाय गर्दै आएका कतिपय उत्तर कोरियाली फर्किन थालिसकेका छन् ।’ पहिल्यै लिएको व्यापारिक भिसासमेत नवीकरण भएको छैन ।

गृहले तत्काल भिसा नदिने नीति अख्तियार गरेको छ । अध्यागमन विभागले भिसा जारी गर्न छाडेको छ । अध्यागमनले तीन महिनायता व्यापारिक भिसा दिएको छैन । उनीहरूले श्रम स्वीकृति लिएर नेपालमा काम गरेका छैनन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !