टोकियो, ५ साउन । जापानमा माथिल्लो सदनका लागि आइतबार देशव्यापी मतदान भएको छ ।
यो निर्वाचनलाई प्रधानमन्त्री सिन्जे आवेको छ वर्ष छ महिनाको अहिलेसम्मको कार्यकालका बारेमा आम नागरिकको धारणा मापन गर्ने अवसरका रुपमा पनि हेरिएको छ ।
मतदानका लागि देशभर ४७ हजार मतदान केन्द्र स्थापना गरिएको छ । स्थानीय समय अनुसार बिहान ०७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको मतपरिणाम सोमबार बिहान सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
यस निर्वाचनबाट छानिने माथिल्लो सदनका सदस्यको कार्यकाल छ वर्षको हुनेछ । कुल सदस्यमध्ये आधाको म्याद तीन वर्ष अगाडि सकिने भएकाले हरेक तीन÷तीन बर्षमा निर्वाचन हुनेछ ।
आइतबार भएको निर्वाचनका लागि कुल ३७० उम्मेदवार रहेका छन् । उनीहरुले १२४ सिटका लागि प्रतिस्पर्धा गरेका हुन् । (रासस/सिन्ह्वा)