४ मंसिर २०८१, मंगलबार

म जेल जान तयार छु : प्रियङ्का गान्धी


मिर्जापुर, भारत, ४ साउन । भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताउनु भएको छ ।

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उहाँले यस्तो बताउनु भएको हो ।

“पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उहाँले ट्विटरमा लेख्नु भएको छ । उहाँले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गर्नुभएको छ ।

आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !