१७ आश्विन २०८१, बिहीबार

सोमालिया आक्रमणको अरब लिगद्वारा भत्र्सना


मलेसिया

कायरो, ३० असार । सोमालियाको एक पाँच तारे होटलमा हालै भएको आतंककारी आक्रमणप्रति अरब लिगले निन्दा एवं भत्र्सना गरेको छ । कायरोमा मुख्यालय रहेको अरब लिगद्वारा जारी विज्ञप्तिमा सोमाली जनता र सरकारप्रति अरब लिगको पूर्ण सहानुभूति र समर्थन रहेको जनाइएको छ ।

सोमालियाको बन्दरगाह शहर किसमायोस्थित पाँच तारे होटलमा गत शनिबार अल शबाबले गरेको आक्रमणमा २६ जनाको ज्यान जानुका साथै ५६ जना सख्त घाइते भएका थिए ।

अरब लिगका महासचिव अहमद अबुल–घेटद्वारा जारी विज्ञप्तिमा सोमालियाको सुरक्षा र स्थायित्वका लागि सबै उपाय अबलम्बन गर्न अरब लिग सदैब तयार रहेको जनाइएको छ ।

इजिप्टले पनि सोमालियामा भएको आतंकाकारी आक्रमणको भत्र्सना गरेको छ । इजिप्टको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा सोमालियाको संघीय सरकारलाई दिइआएको सहयोग निरन्तर रहने वचनबद्धता व्यक्त गरिएको छ ।

संयुक्तराष्ट्र संघको एक प्रतिवेदन अनुसार सोमालियामा जारी सशस्त्र द्वन्द्वका कारण हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई हजार ५०० भन्दा बढी घाइते भएका छन् । सोमालियामा आतंककारी संगठन अल–शबाबले सोमालियामा इस्लामिक शासन स्थापना गर्न सरकार विरुद्ध शसस्त्र आक्रमण गरिरहेको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !