३ असार २०८१, आइतबार

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प


Earthquake

जकार्ता, २९ असार । इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन ।

स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको पनि अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !