१५ आश्विन २०८१, मंगलबार

म्याडागास्करमा भागदौड, १५ जनाको मृत्यु


शव

अन्तनानारिभो, १२ असार । म्याडागास्करको स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अरु ७५ जना घाइते भएका छन् ।

म्याडागास्कर प्रहरीका अनुसार म्याडागास्करको ५९औं स्वतन्त्रता दिवसका अवसरमा महामसिना रंगशालामा भागदौड मच्चिएको थियो ।

म्याडागास्करका राष्ट्रपति आन्द्रे रजोलिना र आमन्त्रित मुख्य अतिथि रुवान्डाका राष्ट्रपति पल कागामे उक्त समारोहमा उपस्थित हुनुहुन्थ्यो । उहाँहरु दुबैले राष्ट्रपति निवासमा आयोजित पत्रकार सम्मेलनमा घटनाप्रति दुःख प्रकट गर्नुभएको छ ।

राष्ट्रपति रजोलिनाले घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ ।

केही महिना पहिले पनि महामसिना रंगशालामा यस्तै भागदौड मच्चिदा केही व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष सेप्टेम्बर ९ मा यही रंगशालामा आयोजित म्याडागास्कर र सेनेगलबीचको फुटबल प्रतियोगितामा भागदौड मच्चिएको थियो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !