५ जेष्ठ २०८१, शनिबार

भ्रष्टाचारले अफ्रिकी अर्थव्यवस्थामा असर


south africa

कायरो, ३० जेठ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताउनुभयो ।

इजिप्टको पर्यटकीय शहर शार्म अल–शेखमा आयोजित दुई दिने अफ्रिकी भ्रष्टाचार विरोधी मञ्च (एएसीएफ) को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति सिसीले उक्त धारणा राख्नुभएको हो ।

उहाँले भ्रष्टाचार विरुद्ध लड्न राजनीतिक, व्यवस्थापिका, कानुनी र नियामक क्षेत्रमा आमूल सुधारको आवश्यक औंल्याउनुभयो । राष्ट्रपति सिसीले इजिप्टमा भ्रष्टाचार विरुद्ध लड्न हालैका वर्षमा धेरै उपाय अपनाइएको बताउनुभयो ।

राष्ट्रपति सिसीले भ्रष्टाचार हुनुको कारण पत्ता लगाउन इजिप्टमा अनुसन्धान, अध्ययन र मतसर्वेक्षण पनि गरिएको जानकारी दिनुभयो ।

अफ्रिकी युनियनको अध्यक्षता हाल इजिप्टले गरिरहेको छ ।

उहाँले भ्रष्टाचार विरुद्ध लड्न अफ्रिकाका मुख्य साझेदारहरुबीच गहिरो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । “हाम्रो दृढ विश्वास के छ भने भ्रष्टाचार विरुद्ध लड्न र हाम्रो महादेशको अवस्थामा परिवर्तन ल्याउन साझा प्रयत्न, सामूहिक दृष्टिकोण र अफ्रिकी संयन्त्रको समन्वयात्मक प्रयत्नको बढावा नै मुख्य पक्ष हो ।” (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !