४ मंसिर २०८१, मंगलबार

इन्डोनेसियामा भूकम्प


indonesia-1 (1)

जाकार्ता, २०जेठ । इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्यानिच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् ।

यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो ।

सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । इन्डोनेरियामा बारम्बार भूकम्प र ज्वालामूखि जस्ता प्रकोपले सताउने गरेको पाइन्छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !