१७ असार २०८१, सोमबार

उत्तरी अफगानिस्तानमा १२ जना लडाकू मारिए


हिंसा

कुन्दुज, ७ जेठ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू मारिएको प्रान्तीय सरकारले जनाएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता एस्मातुल्लाह मुरादीले मङ्गलबार बिहानीपख खान अबाद र छिमेकी अक्तास जिल्लामा सेनाले कारबाही गरेको जानकारी दिनुभयो । उहाँले १२ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु एक दर्जनभन्दा बढी लडाकू घाइते भएको पनि बताउनुभयो ।

उक्त सैनिक कारबाहीमा सरकारी सेनातर्फ कुनै क्षति भएको छैन ।
कुन्दुज प्रान्तमा निकै सक्रिय तालिबान समूहले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !