![शव](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/01/death-of-people-cold.jpg?fit=560%2C390&ssl=1)
मेक्सिको, ३ जेठ । मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो ।
हत्या हुनु अगाडी उहाँलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ ।
पत्रकार फ्रान्सीस्को रोमेरो डिजको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । उहाँको शव पनि ल्याइसकिएको प्रहरीको भनाई छ ।
अनुसन्धानकर्ताहरुले पत्ता लगाएको विवरण अनुसार उहाँलाई गत अप्रिल १२ तारिखका दिन धम्की आएको थियो । सो कुरा उहाँले आफ्ना सहकर्मीहरुलाई बताउनु भएको थियो ।
स्थानीय समयानुसार उहाँको शव विहान ६ बजेतिर ‘ला गोट्टा’ नामक बारको बाहिर भेटिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अधिकारीहरुले घटनास्थलमा गोली हानेर उहाँको हत्या गरेको जस्तो रगत र चोटहरु देखिएको जानकारी दिएका छन् ।
अहिले हत्या गरिएका रोमेरो डिजसँगै सन् २०१९ को शुरुबाट अहिलेसम्ममा मेक्सिकोमा कम्तीमा पाँच पत्रकारको हत्या भईसकेको छ । (रासस/सिन्ह्वा)