बेइजिङ, ३० वैशाख । चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ ।
लाखौ रुपैया अनियमिता गरेको आरोपमा उहाँलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उहाँले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ ।
त्यस बाहेक उहाँलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
अदालतले सन् १९९५ देखि २०१८ को बीचमा उहाँले विभिन्न पदमा रहदा पदिय अधिकारको दुरुपयोग गरी व्यक्तिगत र व्यापारिक फाईदा लिएको पाइएको जनाएको छ ।
उहाँले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार युआन लिनु भएको पनि अदालतले जनाएको छ । (रासस/सिन्ह्वा)