३ असार २०८१, आइतबार

मोदीद्वारा राजीव गान्धीबारे गरेको टिप्पणी फिर्ता लिन अस्वीकार


Narendra-modi-m

एजेन्सी, २५ वैसाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीव गान्धीबारे आफूले गरेको टिप्पणी फिर्ता गर्न अस्वीकार गरेका छन् । उत्तर प्रदेशको लखनऊमा आयोजित एउटा चुनावी सभामा सम्बोधन गर्दै मोदीले पूर्वप्रधानमन्त्री गान्धी देशको सबैभन्दा ठूलो भ्रष्टाचारी भएको टिप्पणी गरेका थिए ।

प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष तथा राजीव गान्धीका छोरा राहुल गान्धीप्रति कटाक्ष गर्दै उनले भनेका थिए, तपाईका पितालाई उनका भारदारले मिस्टर क्लीन बनाइदिए । तर उनको जीवनकाल भ्रष्टाचारी नम्बर १ का रूपमा समाप्त भयो ।

त्यसअघि राहुल गान्धीले मोदी रोजगारी र किसानको स्थितिबारे प्रत्यक्ष बहस गर्न डराएको बताएका थिए । राजीव गान्धीको सन् १९९१ मा एउटा चुनावी र्‍यालीमा भएको एउटा आत्मघाती बम विस्फोटनमा परेर मृत्यु भएको थियो ।

मोदीले गरेको टिप्पणीको कांग्रेस पार्टीले मात्र नभएर अरू विपक्षी दलहरूले पनि आलोचना गरेका छन् । तर एउटा अन्तर्वार्तामा मोदीले आफूले तथ्यू भनेको भन्दै आफ्नो भनाइको प्रतिरक्षा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !