![Nepalpatra](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/05/No-image.jpg?fit=790%2C490&ssl=1)
विन्धोक, २४ वैशाख । नामिबियामा अहिले हात्तीको सङ्ख्या झण्डै २४ हजार पुगेको देशका राष्ट्रपतिले बताउनुभएको छ ।
सन् १९९५ मा सात हजार पाँच सय रहेको हात्तीको सङ्ख्या बढेर अहिले २४ हजार पुगेको राष्ट्रपति हग गेइङगोबले जानकारी दिनुभएको हो ।
बोत्स्वानामा भएको हात्तीसम्बन्धी सम्मेलनमा उहाँले मान्छे र हात्तीका बीचमा कतिपय बेला समस्या आउने गरेको पनि बताउनुभयो ।
उहाँले आफ्नो देशमा हात्तीको संरक्षण, व्यवस्थापन र योजनाका लागि सहयोग गर्न पनि अन्य देशहरूलाई आग्रह गर्नुभयो ।
हात्तीले गर्ने क्षति न्यूनीकरण गर्नका लागि नामिबियाले निरन्तर प्रयास गरिरहेको राष्ट्रपति गेइङगोबले जानकारी दिनुभयो । (रासस/सिन्ह्वा)