५ मंसिर २०८१, बुधबार

सामानको मूल्य बढ्ने भन्दै ‘मर्जर’ रोकियो


Nepalpatra

१२ बैशाख, लन्डन । बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने (मर्जर) निर्णयलाई बिहीबार खारेज गरिदिएको छ ।

सामानको मूल्य बढ्ने र उपभोक्तालाई छनौटको अवसर गुम्ने भन्दै प्राधिकरणले विशाल सुपरमार्केट कम्पनीहरु सेन्सबरीज र वाल्मार्टको स्वामित्वमा रहेको आस्डाबीचको मर्जर रोकेको जनाएको छ ।

सेन्सबरीज बेलायतको दोस्रो तथा आस्डा तेस्रो ठूलो सुपरमार्केट हो । प्राधिकरणको निर्णयसँगै दुबै कम्पनीले सम्झौता रद्द गरेको जनाएका छन् ।

प्राधिकरणको अन्तिम अध्ययन प्रतिवेदनमा सेन्सबरीज–आस्डा मर्जरले सामानको मूल्य बढ्ने, अनलाइन सपिङ र पेट्रोलको मूल्यवृद्धि हुने उल्लेख छ ।

दुबै कम्पनीबीच मर्ज गरी बेलायतको पहिलो स्थानमा रहेको टेस्कोभन्दा ठूलो कम्पनी हुने योजना थियो ।

सेन्सबरीका प्रमुख कार्यकारी माइक कुपले उपभोक्तालाई अझ सस्तोमा सामान उपलब्ध गराउने उद्देश्यले दुई कम्पनीलाई मर्ज गर्न लागिएको दाबी गर्नुभएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !