८ मंसिर २०८१, शनिबार

सात प्रहरी अधिकारीको मृत्यु


सात प्रहरी अधिकारीको मृत्यु

 ३० असोज, ऐबाक, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतङककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारी मारिएका छन् । स्थानीय प्रहरी स्रोतले मङ्गलबार सो जानकारी दिएको छ ।

सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान आतङ्ककारी समूहले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहारी र अन्य छ जना प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता पुनिर रहिमीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

प्रान्तीय राजधानी ऐबाक शहरका यात्रा गरिरेहका सुरक्षा अधिकारी एम्बुस आक्रमणमा परेका प्रहरी स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी अन्य तीन जना प्रहरी अधिकारी घाइते भएका छन् ।

अफगानिस्तानका आगामी अक्टोबर २० मा हुनगइरहेको संसदीय निवार्चनको क्रममा आतङ्ककारी समूहले हत्या हिंसा बढाएका छन् । यस निर्वाचनको लागि ५४ हजार अफगान सैनिक र प्रहरी अधिकारी तैनाथ गरिएको छ । ती सुरक्षा अधिकारीले देशभर रहेका ५१ हजार मतदान केन्द्र सुरक्षाको प्रबन्ध गर्ने छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !