१२ आश्विन २०८१, शनिबार

इक्वाडोरमा शक्तिशाली भूकम्प गयो


भूकम्प भूकम्प

२२ भदौ, क्युइटो । इक्वाडोरमा बिहीबार राति ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । स्थानीय समयानुसार शुक्रबार राति ९ः१२ मा सो भूकम्प गएको युएसजिएसले जनाएको छ ।

दक्षिण अमेरिकी यस देशको मध्य भाग नजिकै रहेको इलाकामा ९३.५ किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

स्थानीय अधिकारीहरूले यस भूकम्प ६.५ म्याग्निच्युडको भएको जानकारी दिएका छन् । इक्वाडोरमा सन् २०१६ को अप्रिल १६ मा तटीय प्रान्त मानाबीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो यसमा परी करीब ६७३ व्यक्तिको मृत्यु भएको थियो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !