१३ आश्विन २०८१, आइतबार

भारतमा भएको दुर्घटनामा दशको मृत्यु


Gujrat bus accident

१२ भदौ, नयाँ दिल्ली  । भारतको गुजरातमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

यात्रु सहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् ।

राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने सुरत जिल्लाको बालेश्वर गाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

“विपरित दिशाबाट आइरहेका कार र ट्रक आइतबार राती एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो,” एक प्रहरी अधिकारीले भने ।
मृत्यु भएका मध्ये छ जनाको घटनास्थलमै र अरुको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको जनाइएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !