५ जेष्ठ २०८१, शनिबार

चीनमा गत महिना कोइला आयातमा वृद्धि


China Flag China Flag

२७ साउन, बेइजिङ, चीन । चीनको कोइला आयातमा गत जुलाईमा फेरि वृद्धि देखिएको छ ।

जुलाईमा मुलुकका अधिकांश स्थानहरूमा गर्मी बढ्को र विद्युतको मागमा पनि वृद्धि आएपछि विद्युतका लागि भएको थप मागलाई व्यवस्थापन गर्न कोइलाको प्रयोग हुँदा कोइला आयात दरमा केही वृद्धि देखिएको हो ।

चीनले जुलाईमा दुई करोड ९० लाख टन कोइला भित्राएको र यो अन्य महिनाको तुलनामा ४९ प्रतिशतले बढी हो । मासिक रूपमा खपत हुने कोइलाको सन् २०१४ पछिको यो नै सबैभन्दा बढी खपतदर हो, चिनियाँ भन्सारको सामान्य प्रशासन विभागको तथ्याङ्कमा उल्लेख छ ।

आयात वृद्धिसँगै जुलाईभरमा चीनले १७ अर्ब ९० करोड चिनियाँ युआन (दुई अर्ब ६० करोड अमेरिकी डलर) बराबरको थप बजेट कोइला आयातमा खर्चिएको तथ्याङ्कमा छ ।

चीनले पछिल्लो समय कोइलाको प्रयोगलाई वैकल्पिक उर्जाको प्रयोगद्वारा घटाउने प्रयास गरिरहेको छ । यद्यपि सन् २०१७ सम्ममा पनि देशको ६०.४ प्रतिशत विद्युतका लागि अझैपनि कोइलाको प्रयोग हुँदै आएको छ ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !