४ असार २०८१, सोमबार

पाकिस्तानको सडक दुर्घटनामा १८ को मृत्यु


PAKISTAN-KOHAT-BUS-ACCIDENT (180804) — KOHAT (PAKISTAN), Aug. 4, 2018 (Xinhua) — A damaged passenger bus is seen on the site of an accident in Pakistan’s northwestern district of Kohat, on Aug. 4, 2018. At least 14 people were killed and over 30 others injured in a deadly road crash in Kohat on Saturday evening, local media and police said. (Xinhua)

२० साउन, पेशावर ।  पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको बस कोहाट शहर नजिक ट्रकसँग ठोक्किएको थियो । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारी एजाज खानले बताउनुभयो ।

इन्धन बोकेको ट्रकमा भने भाग्यवस आगलागी नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाका विषयमा छानबिन सुरु गरेको छ ।

पाकिस्तानमा सडकको दुरवस्था, सवारी साधनको नियमित जाँच नहुने र जथाभावी ड्राइभिङका कारण बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !