![attack_](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/08/attack_-e1533445150344.jpg?fit=874%2C490&ssl=1)
२० साउन, तेहरान । इरानका प्रदर्शनकारीले तेहराननजिकै रहेको काराज प्रान्तमा रहेको विद्यालयमा आक्रमण गरेका छन् ।
स्थानीय समयानुसार शुक्रबार बेलुका नौ बजे विद्यालयमा आक्रमण गरेर तोडफोड गर्नुका साथै आगजनी गर्ने प्रयास समेत गरेको फार्स समाचार संस्थाले शनिबार जनाएको छ ।
आक्रमणकारी झण्डै ५०० को संख्यामा आएको विद्यालयका एक शिक्षकले जानकारी दिएका छन् । उनीहरुले वर्तमान शैक्षिक प्रणालीका विरुद्धमा नारावाजीसमेत गरेका थिए ।
सामाजिक सञ्जालमा शासकका विरुद्धमा गरिएको नारावाजी र प्रदर्शनका भिडियो देखिएका छन् । (रासस/एएफपी)