४ असार २०८१, सोमबार

मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा ब्युताइने


pakistani-musafer nh

२० साउन, इस्लामावाद, पाकिस्तान ।  पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ ।

लाहोर उच्च अदालतका प्रधान न्यायाधीश यवार अली, बलोचिस्तान उच्च अदालतका न्यायाधीश ताहिरा सरदार र सिन्ध उच्च अदालतका न्यायाधीश नजार अकबरले उक्त मुद्दालाई हेर्ने बताइएको छ ।

पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सरकारले सन् २०१३ मा दर्ता गराएको मुद्दामा मुशर्रफलाई सन् २००७ मा संकटकालको घोषणा गर्दा अवैध रूपमा सेनाको सहयोगमा देशको संविधानलाई निलम्वन गरेको आरोप लगाइएको छ ।

मुशुर्रफको नाम देश बाहिर भ्रमण गर्न नपाउने सूचीबाट हटेपछि स्वास्थ्यको कारण देखाउँदै उहाँ दुबई प्रस्थान गरेपछि उक्त मुद्दा सन् २०१६ देखि विचाराधीन अवस्थामा रहँदै आएको थियो ।

मुशर्रफको अनुपस्थितिमा उक्त मुद्दा प्रक्रियालाई अघि बढाउन नसकिएको हो । विशेष अदालतले मुशर्रफलाई दोषी घोषणा गरेको र उहाँको सम्पत्ति जफत गर्न भनिएको भएपनि अदालती कानूनी प्रक्रिया नपुगेको भन्दै अभियोग लगाइएको भने थिएन ।

मुशर्रफलाई पाकिस्तान फर्कने अन्तिम पटक मौका दिइएपनि उहाँ स्वदेश नआएकाले न्यायालयद्वारा उहाँको राष्ट्रिय परिचय पत्र र राहदानीलाई निषेध गर्न आग्रह गरिएको छ । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !