५ जेष्ठ २०८१, शनिबार

घरविहीनलाई विषेश व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन


Mongolian-Ukhnaagiin_Khürelsükh

१७ साउन, मङ्गोलिया । मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले घरबारविहीनकालागि थप कल्याणकारी व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

कल्याणकारी व्यवस्था र कानूनी व्यवस्थामा सुधार गर्न गठन गरिएको कार्यदललाई घरबारविहीनका लागि विषेश व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको सरकारी अधिकारीहरूले बुधबार जनाएका छन् ।

कार्यदलको नेतृत्व श्रम तथा सामाजिक प्रवद्र्धन मन्त्री सोड्नोम चिङजोरिङले गर्नुभएको समाचारमा जनाइएको छ ।

मङ्गोलियामा घरबारविहीन भएकामध्ये आधाभन्दा बढी १८ देखि ४५ वर्षसम्मका रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

घरबारविहीनमध्ये अधिकांश मङ्गोलियाको राजधानी शहर उलान बाटोरका सडकमा बस्ने गरेको अधिकारीहरूले जनाएका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !