८ मंसिर २०८१, शनिबार

उच्च अदालतद्वारा शरीफको निवेदनमाथि सुनुवाई गर्ने


nawafsharif

१६ साउन, इश्लामावाद, पाकिस्तान । पाकिस्तानको उच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरीफद्वारा पुनरावेदन गरेको अभेनफिल्ड भ्रष्टाचार मुद्दामाथि मङ्गलबार सुनुवाई गर्ने भएको छ ।

इश्लामावादस्थित पाकिस्तानी उच्च अदालतको संवैधानिक वेन्चले पूर्व प्रधानमन्त्री नवाज शरीफ, उहाँकी पत्नी मार्याम र क्याप्टेनका रूपमा सेवा निवृत्त भएका ज्वाई सफदारविरुद्धको एभेनफिल्ड भ्रष्टाचार मुद्दाका सन्दर्भमा सुनुवाई गर्ने भएको हो ।

यस अघि उक्त मुद्दामा शरीफलाई अदालतद्वारा दोषी ठहर गरेको थियो । जसअनुसार शरीफलाई असी लाख पोन्ड र दश बर्षको जेल सजाय सुनाइएको थियो । सोही मुद्दामा शरीफकी छोरी मार्यामलाई सात बर्ष जेल सजाय र २० लाख पोन्ड जरिवानको फैसला भएको थियो । सफ दारलाई भने एक बर्षको जेल सजाय तोकिएपनि कुनै जरिवाना तोकिएको थिएन ।

एभेनफिल्ड फैसला वैधानिक नरहेका दावी गर्दै पूर्व प्रधानमन्त्रीले आफ्ना वकीलको सुझावमा मुद्दाको पुनरावेदन गर्नुभएको थियो । शरीफ परिवारले न्यायालयमा धरौटीमा रिहा हुन पाउनुपर्ने तथा अदालतको फैसलाले न्यायालयको विश्वसनीयतामा प्रश्नचिन्ह् खडा भएको बताइएको थियो ।(रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !