२४ पुस २०८१, बुधबार

मुख्य देशका विदेशमन्त्रीहरूको दौडधुप


russia-forigne-ministery-1

८ साउन, त्रिपोली  । विश्वका प्रमुख देशका विदेश मन्त्रीहरूले अहिले रणनीतिक र अर्थपूर्ण वैदेशिक भ्रमणमा निस्किएका छन् ।

फ्रान्सका विदेशमन्त्री लिबिया, रुसका विदेशमन्त्री इजरायल र बेलायतका विदेशमन्त्री चीन जाँदै हुनुहुन्छ ।

फ्रान्सका विदेशमन्त्री जेन भेज लि ड्रिअन लिबियाको त्रिपोली पुग्नु भएको एएफपी समाचार संस्थाले जनाएको छ ।

लिबियामा हुन लागेको निर्वाचनको सन्दर्भलाई लिएर ड्रिअन त्रिपोली पुग्नु भएको समाचारमा उल्लेख गरिएको छ । उहाँले लिबियाका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने भएको छ ।

त्यसैगरी रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशका सेना प्रमुखलाई लिएर सोमबार इजरायल जानुभएको छ ।

छिमेकी मुलुक सिरियामा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्न उहाँ इजरायल जानु भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानकारी दिनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा उहाँको भ्रमण भएको प्रधानमन्त्री नेतान्याहुले बताउनुभएको छ ।

यता बेलायतका नवनियुक्त विदेशमन्त्री जेरेमी हन्ट पनि औपचारिक भ्रमणका लागि चीन जान लाग्नुभएको छ ।

यही जुलाई ३० तारिखका दिन उहाँ चीन भ्रमणमा आउन लाग्नुभएको बेलायती उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हन्ट चीन आउन लाग्नु भएको सोमबार जानकारी दिइएको छ ।

विश्व राजनीतिमा प्रभाव पार्ने मुख्य देशका विदेश मन्त्रीहरूको रणनीतिक अर्थ राख्ने देशहरूमा भइरहेको भ्रमणलाई महत्वका साथ हेरिएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !