१७ कार्तिक २०८१, शनिबार

अफगानिस्तानमा ३४ लडाकू मारिए


Afgansthan

२४ असार, मजार ए शरिफ, अफगानिस्तान । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्त अन्तर्गत पर्ने चाम्टल जिल्लामा ३४ जना लडाकू मारिएका छन् ।

उत्तर क्षेत्रीय प्रहरी प्रवक्ता सइद सरवार हुसेनले आइतबार दिएको जानकारीअनुसार शनिबार भएको सो घटनामा परी अरु १८ जना घाइते भएका छन् ।

“सरकारी सुरक्षाकर्मीले शनिबार चाम्टल जिल्लामा गरेको सुरक्षा कारबाहीमा परी ३४ भन्दा बढी विद्रोही मारिएका छन् भने अरु १८ जना घाइते भएका छन्,” हुसेनले सिन्ह्वासँग भन्नुभयो ।

सो घटनामा परी सुरक्षाकर्मीतर्फ दुइजना मात्रै घाइते भएको अधिकारीहरुले दावी गरेका छन् । तालिबान लडाकूले घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !