१० मंसिर २०८१, सोमबार

भारी वर्षाको कारण पुल भत्किएपछि पन्ध्रजना घाइते


India Bridge Collapse

१९ असार, नयाँ दिल्ली  । भारतको आर्थिक राजधानी मुम्बई शरहमा मङ्गलबार बिहान जारी भारी वर्षाका कारण एउटा पुल भत्किदा १५ जना बटुवा घाइते भएका छन् ।

भारी वर्षाको कारण सो पुल भत्किएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मुम्बइको अँधेरी रेलवे स्टेसनमा रहेको पुल भत्किएको हो । यस घटनामा परी १५ व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ लगिएको बताइएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !