३ मंसिर २०८१, सोमबार

जापान विश्वकपबाट बाहिरियोे


2018-Russia-World-Cup

१९ असार, मस्को  । रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलको सोमबारको खेलपछि जापान पनि बाहिरिएको छ ।

बेल्जियमले जापानलाई ३–२ गोल अन्तरमा पराजित गरेको थियो । मध्यान्तर अघिसम्म जापान र बेल्जियम दुबैले गोल गर्न नसकेकोमा दोस्रो हापमा दुई गोल गर्दै बेल्जियमले जापानी टोलीलाई पराजित गरेको थियो ।

यसपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने जापान तेस्रो एसियाली मुलुक बन्ने सम्भावना लगभग पक्का जस्तो देखिएको थियो ।

तर केही समयपछि युरोपेली टोली बेल्जियमले खेल बराबरीमा ल्याउन सफल भयो । यस पछिको एक गोलले बेल्जियलाई विजय दिलायो ।

आफूहरुले अग्रता लिएपछि पनि सफलता प्राप्त गर्न नसककोमा जापानी प्रशिक्षक अकिरा निशिनोले आफू स्तब्ध भएको बताउनुभएको छ ।

आगामी शुक्रवार अब बेल्जियमले पाँच पटक विश्वविजेता रहिसकेको ब्राजिलको सामना गर्नेछ ।

यसअघि सोमवार नै पहिलो चरणमा सम्पन्न प्रतियोगितामा मेक्सिकोलाई २–० गोल अन्तरले हराउँदै विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !