१५ माघ २०८१, मंगलबार

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ


युन सुक योल

काठमाडौँ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । आज बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ । दक्षिण कोरियाको इतिहासमा राष्ट्रपति नै पक्राउ परेको यो पहिलो घटना हो ।

अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् । गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।

आज पक्राउ परेका उनले आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको बताएका छन् । यद्यपि उनले रक्तपात रोक्न आफू सीआईओमा हाजिर हुने निर्णय गरेको स्पष्ट पारेका छन् । पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।

महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन पक्राउ परेका हुन् । यूनलाई पदबाट हटाउन वा नहटाउने विषयमा महाभियोगको परीक्षणले तय हुने बताउँदै कानुन व्यवसायीहरूले यसरी धरपकड गरी पक्राउ गर्नू जनतामाथि विश्वासघात भएको उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !