५ जेष्ठ २०८१, शनिबार

संयुक्त राष्ट्रसङ्घको वार्ताका लागि आश्वासनपछि यमनी होडैडाबासीलाई राहत


United-Nations

१८ असार, आवु धावी, संयुक्त अरब इमिरेट्स । संयुक्त राष्ट्रसङ्घले यमनी हुथी विद्रोहीसँग वार्ताका लागि कुटनीतिक पहल गर्ने आग्रहसँगै हुथी नियन्त्रित यमनी बन्दर्गाह शहर होडैडामा भइरहेको कारबाहीलाई रोकेको संयुक्त अरब इमिरेट्स (यूएई)ले आइतबार जनाएको छ ।

यूएईका विदेश मन्त्री अनवर गारगसले एक पछि अर्को ट्वीट सन्देश लेख्दै कारबाही पोर्टबाट हुथि विद्रोहीको विना शर्त फिर्ताका लागि गरिएको तर यदि विद्रोहीले बन्दरगाह शहरबाट फिर्ता गर्न नमाने कारबाही पुनः सञ्चालन गरिने चेतावनी दिनुभयो ।

राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफिथलाई सङ्केत गर्दै गार्गसले भन्नुभयो, “कारबाही शान्तिका लागि राष्ट्रसंघबाट गरिने कुटनीतिक पहलका लागि रोकिएको हो । हामी विश्वास गर्छौ यसले सफलता पाउनेछ ।”
यूएईले यमनमा चलाउँदै आएको कारबाहीलाई जुन २३ बाट लागू हुनेगरी रोकिएको गार्गसले बताउनुभयो ।

यसैशिलशिलामा ग्रिफिथले यहाँका अब्द्रुब्वा मन्सुर हाडीलाई गत बुधबार भेटी हुथी विद्रोहीलाई होडैडाबाट पछि हट्न आग्रह गरिसकेको बताउनुभएको थियो ।

केही समय पहिले सरकार पक्षधर सेनाले विद्रोही प्रभावित होडैडाको विमानस्थललाई जुनको मध्यतिर नियन्त्रणमा लिएको थियो । तर शहरमा भने पसेको छैन । होडैडा र यस वरपरका क्षेत्रमा करिब छ लाख हुथी विद्रोही रहेका छन् । यहाँ विगत केही दिनमा भएका घटनामा ४२९ जनाले ज्यान गुमाएका छन् ।
यमनमा सन् २०१५ पछि शुरु भएको द्वन्द्वमा परी करिब १० हजार यमनी नागरिकले ज्यान गुमाएका छन् भने हजारौँको सङ्ख्यामा विस्थापित बनेका छन् ।  (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !