१२ आश्विन २०८१, शनिबार

मार्सेललाई ३–० ले पराजित गर्दै मड्रिडले कब्जा गरे युरोपा लिग फुटबलको उपाधि


ethletik

एजेन्सी, ३ जेठ । एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको उपाधि कब्जा गरेको छ ।

एन्टोनीयो ग्रीजम्यानको दुई तथा गावीको एक गोलको मद्दतमा मार्सेललाई ३–० ले पराजित गर्दै मड्रिडले उपाधि कब्जा गरेको हो ।

बुधबार राति सम्पन्न खेलमा ग्रीजम्यानले खेलको २१ र ४९ औं र गावीले ८९ औं मिनेटमा गोल गरेका थिए ।

योसँगै एथ्लेटिको मड्रिडले तेस्रो पटक युरोपा लिग फुटबलको उपाधि जितेको हो ।

यसअघि उसले सन् २०१० र २०१२ मा पनि उपाधि जितेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !