७ मंसिर २०८१, शुक्रबार

अफ्रिकामा शरणार्थीहरु सङ्कटपूर्ण अवस्थामा रहेका राष्ट्रसङ्घको भनाई


संयुक्त राष्ट्रसंघ

जेनेभा । संयुक्त राष्ट्रसङ्घले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यहाँ सरकारहरुले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरु रहेका र उनीहरुका समस्या पनि निकै धेरै रहेका बताएको हो ।

साथै यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका र आगामी दिनमा यो सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्ले दिएको छ ।संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले सो कुरा बताएका हुन् । उनका अनुसार अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था पनि अज्ञात रहेको उनको भनाई छ ।

सोमालिया र केन्याको पाँच दिने भ्रमण सकेसँगै मङ्गलबार दिनुभएको प्रतिक्रियामा उहाँनले सो कुरा बताएका हुन् । उनले यहाँका शरणार्थीहरुका कैयौँ समस्या रहेका, उनीहरुले सङ्कटपूर्ण अवस्थाबाट दिन काट्नु परिरहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका हुन् ।

विश्वले नै यो संवेदनशील विषयमा ध्यान दिनु जरुरी छ र विश्वका दाता एवम् अन्य राष्ट्रहरुले सहयोगको हात बढाउनुपर्ने अवस्था छ– उनले भनेका छन् । सोमालियमा मात्र यस वर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसघसँग रहेको उनले बताए ।

उच्चायुक्त फिलिपोले सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको जानकारी दिए । त्यसैगरी उनले केन्याका दबाद र काकुनामा रहेका शरणार्थी शिविरहरुको भ्रमण गरेका थिए । ती शिविरमा रहेका कम्तीमा पनि ५० हजार शरणार्थीलाई तत्कालै अत्यावश्यकीय सहयोगको खाँचो रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !