६ जेष्ठ २०८१, आइतबार

रुसी हेलिकोप्टर सिरियमा दुर्घटना, दुई चालकको मृत्यु


russia-warplane-syria

 

एजेन्सी, २५ वैशाख ।  रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा जनाइएको छ ।

रुसी समाचार समिति इतार तासले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ । सिरियामा यसै हप्तामात्र यो दोस्रो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

यसअघि गत मे ३ मा पनि रुसी सेनाको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको थियो । त्यसमा पनि दुई जना चालक नै मारिएका थिए । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !