७ बैशाख २०८१, शुक्रबार

चीनले ताइवान वरपर गर्‍यो अहिलेसम्मकै ठूलो सैन्य अभ्यास


अहिलेसम्मकै ठूलो सैन्य अभ्यास

बेइजिङ । चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित बनेको चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको हो ।

पेलोसी ताइवान भ्रमण सकेर फिर्ता भइसक्दा पनि चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको हो । पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको हो ।

चीन पेलोसीको ताइवान भ्रमण नहोस् भन्ने चाहेर अमेरिकालाई सो भ्रमण रोक्न धम्की समेत दिएपनि उनले ताइवान भ्रमण गरेकोले चीन थप आक्रोशित भएको हो । चिनियाँ अधिकारीहरूले पेलोसीको भ्रमणको चर्चा सुरु भएदेखि नै विरोध जनाउँदै आएका थिए ।

बुधबार चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले ताइवान आसपासका ६ क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।

ताइवानले भने चिनियाँ गतिविधिलाई लिएर आपत्ति जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले भने चीनसंग युद्ध गर्नुपरे पनि आफू तयार रहेको तर आफूहरु कुनै प्रकारको तनाव नचाहने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !