८ पुस २०८१, सोमबार

श्रीलंकामा प्रदर्शनकारीले निवास घेरेपछि भागे राष्ट्रपति राजापाक्ष


गोताबाया राजापाक्ष

काठमाडौँ । प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्ष भागेका छन् । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति राजापाक्षको निवास घेराउ गरेपछि उनी भागेका हुन् ।

कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेको फ्रेन्च न्युज एजेन्सी एएफपीले जनाएको छ । दबाबमा परेका श्रीलंकाका राष्ट्रपति राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवास छोडेर भागेका हुन् ।

राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए । आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ ।

हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ । सरकारले लगाएको कर्फ्युकाे अवज्ञा गर्दै प्रदर्शनकारीले स्वस्फुर्त कफ्र्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा आज शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । प्रदर्शन चर्किँदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका छन् ।

श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएकाे छ । देशमा विदेशी सञ्चिती सकिनुका साथै इन्धन अभाव भएकोले विद्यालय बन्द रहेका छन् । केही दिनअघि मात्रै राष्ट्रपति राजापाक्षेले रुसी राष्टपति भ्लादमिर पुटिनसँग इन्धन सहयाेग मागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !