६ जेष्ठ २०८१, आइतबार

ट्वीटरको पासवर्ड परिवर्तन गर्न आह्वान


Twitter.

२१ वैशाख, काठमाण्डौ । सामाजिक सञ्जालमा समाचार र विचारका लागि सबैभन्दा लोकप्रिय ट्वीटरले आफ्ना उपभोक्ताको पासवर्ड सहजै देखिने (ईनक्रिप्ट नभएको) अवस्थामा देखिएको हुनाले परिवर्तन गर्नका लागि आह्वान गरेको छ ।

संसार भरीका ३३ करोड ६० लाख उपयोगकर्ता भएको ट्वीटरले सुरक्षाको जाँच गर्दा धेरै प्रयोगकर्ताको पासवर्ड सहजै देख्न सकिने अवस्थामा रहेकाले कम्पनीले नै पासवर्ड परिवर्तन गर्नका लागि आह्वान गरेको हो ।
यदि पासवर्ड परिवर्तनका लागि ट्वीटरले पासवर्ड परिवर्तनको पेज नपठाएको भएता पनि सबैलाई आफ्नो पासवर्ड परिवर्तन गरेर सुरक्षित हुन पनि आह्वान गरेको छ ।
ट्वीटरमा पासवर्ड परिवर्तनको पेज आफै खुलेन भनेपनि ट्वीटरमा देखिने आफ्नो फोटोमा क्लिक गरेर ‘सेटिङ्ग तथा प्राईभेसी’ मा जाने, त्यहाँ पासवर्ड परिवर्तन गर्नका लागि अप्सन दिइएको हुन्छ । सो स्थानमा क्लिक गरेपछि पुरानो पासवर्ड माग्छ र नयाँ परिवर्तन गर्न मौका दिन्छ । पासवर्ड बनाउँदा सकभर कसैले पनि अनुमान गर्न नसकिने तथा अंक र अक्षर दुवै मिलाएर बनाउनुपर्ने विज्ञहरू बताउँछन् ।

ट्वीटरको पासवर्ड फेर्न अनुरोध नआएको अवस्थामा पनि सो सामाजिक सञ्जाल तथा अन्य सामाजिक सञ्जाल र ईमेलको पासवर्ड उही वा उस्तै राख्नु खतरनाक देखिएको छ । आफ्नो पासवर्ड सबै लुकेको (ईनक्रिप्टेड) हुन्छ भनेर सोच्न नहुने अवस्था ट्वीटरको नयाँ समस्याले देखिएको छ । पासवर्डसँगै सुरक्षार्थ फोन नंबरमा कोड नम्बर आउने व्यवस्था गर्दा आफ्नो अकाउण्ट अझ सुरक्षित हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !