९ मंसिर २०८१, आइतबार

काबुल बम विस्फोटमा २१ को मृत्यु, धेरैजसो मिडियाकर्मी


एजेन्सी, १७ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएका बम विस्फोटनहरुमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भी रहेको बताइएको छ । तोलो न्यूजका अनुसार मारिनेमा धेरैजसो मिडियाकर्मी छन् ।

नेपाली समयअनुसार बिहान करिब ९ः१५ बजे शाश दरक क्षेत्रमा नेशनल डायरेक्टोरेट अफिसको नजिक पहिलो विस्फोट भएको थियो । हमला गर्ने व्यक्तिहरुले मिडियाकर्मी र सुरक्षाकर्मीलाई नै निशाना बनाउन चाहेको बताइएको छ ।

अफगानिस्तानमा आगामी वर्ष राष्ट्रपति चुनाव हुँदैछ । यसको विरोधमा आतंकवादीहरुले सर्वसाधारण तथा सरकारी अधिकारीहरुलाई निशाना बनाइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !