नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म २ हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी मङ्गलबार भने केही कमी देखिएको हो ।
२४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ११८ जना राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार ४७१ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १५७ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ४९४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ । चौविस घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म दुई हजार ९८६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ६६ हजार ९३५ सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।