८ बैशाख २०८१, शनिबार

रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी


रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी Russia-Ukraine war pictures.(photo: https://www.facebook.com/zelenskiy.official)

मस्को, रसिया । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ ।

प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा अवरुद्ध गरिएको रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले एक ब्रीफिंगमा बताएका छन् । उनले यो अवधिमा १ हजार ४ सय ६४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको समेत बताएका छन् ।

आजोभ सागरको एक प्रमुख बन्दरगाह शहरको रूपमा मारिउपोल रूस-युक्रेन द्वन्द्को सबैभन्दा खराब हिंसाको साक्षी बनेको छ । यता युक्रेनी रक्षा मन्त्रालयले शुक्रबार उसको सेनाले शहरलाई घेराबन्दी गरेको झण्डै सात हप्तापछि पनि मारियुपोलमा रुसीहरूसँग लडिरहेको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारियुपोलमा रहेका युक्रेनी सेनालाई हटाएमा रुससँग जारी कुनै पनि प्रकारको वार्तालाई अन्त्य गर्ने चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !